दिल्ली संसारकै प्रदुषित सहरको पहिलोमै, काठमाडौं १० औं नम्बरमा

पोखरा। भारतको राजधानी दिल्ली संसारकै प्रदुषित सहरको पहिलो स्थानमा सूचिकृत भएको छ । बुधबार सार्वजनिक गरिएको यसवर्षको ग्लोबल एयर(क्वालिटी सूचकमा नेपाली राजधानी काठमाडौं प्रदुषित सहरको १० औं स्थानमा छ ।

वल्र्ड एयर क्वालिटी रिपोर्ट २०२० का अनुसार बंगलादेशको राजधानी ढाका दोस्रो, अफगानिस्तानको काबुल चौंथो, कतारको राजधानी दोहा पाँचौ, इन्डोनेसियाको जकार्ता ९ औं नम्बरमा छन् ।

क्षेत्रगत हिसाबले दक्षिण एसिया संसारमै प्रदुषित रुपमा देखापरेको छ । नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशका सहरहरु सूचिमा अटाएका छन् ।

५० वटा प्रदुषित सहरमध्ये ४२ दक्षिण एसियाकै छन् । दिल्ली सन् २०१८ र २०१९ मा पनि प्रदुषित सहरको पहिलो स्थानमै थियो ।

कोभिड(१९ महामारीको बेलामा पनि वायु प्रदुषण सबैभन्दा ठूलो स्वास्थ्य खतराको रुपमा रहेको जनाइएको छ । लकडाउनको समयमा वायु गुणस्तरमा सुधार भएपछि पुनः मानवीय गतिविधि बढ्दै जाँदा प्रदुषण पनि वृद्धि हुँदै गएको हो । रासस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close