गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमित भेटिए

पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार पोखरामा १२ जना, बागलुङमा दुई जना गरि गण्डकी प्रदेशमा थप १४ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा न. ७ का दुई जना, र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.ली.मा  गरिएको परिक्षणमा वडा न. ३, ६, ७, १२, १५, १६, १७, २६ मा दश जना र बागलुङका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवकता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनसार कोरोना  भाइरस संक्रमण  पुष्टि हुनेहरुमा १२ जना पुरुष र दुई जना महिला रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६ हजार २६१ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close