आज घट्यो सुनको मूल्य, कति पुग्यो ?

पोखरा । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।

आज तोलामा सुनको रु. ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा रु. ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज रुं १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको रु. १२ सय ९० रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close