अब पार्टीले दिएको जिम्मेवारी समाहाल्ने, महान्यायाधिवक्ता खरेल

पोखरा। महान्यायाधिवक्ता अग्नि खरेल राजीनामा दिएका छन् । खरेलले पत्रकार सम्मेलन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको बताए । उनले प्रधानमन्त्रीसँग छलफल गरेरै राजीनामा दिएको पनि बताएका छन् ।

खरेलले अब राजनीतिमा सक्रिय हुने संकेत पनि गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी सम्हालने बताए । ‘उनले भने, ‘विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु । पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु।’

उनले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको कुरा पनि गलत भएको बताएका छन् । ‘उनले भने, ‘प्रधानमन्त्रीसँगै थिएँ, पछि पनि रहनेछु । प्रतिनिधि सभा विघटनको मुद्दामा महान्यायाधिवक्तासँग प्रधानमन्त्री असन्तुष्ट रहेको भन्ने कुरामा कुनै सत्यता छैन । विघटनमा हामीले प्रतिरक्षा गर्नु संविधान सम्मत थियो । प्रधानमन्त्रीसँग म अहिले पनि छु र पछि पनि रहनेछु ।’

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close