गण्डकी प्रदेशमा थप ४९ जना कोरोना संक्रमित भेटिए

पोखरा । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा कोरोना संक्रमितको संख्या बढेको  छ । आज एकै दिनमा ४७ जना नया संक्रमित थपिएका हुन् ।

योसगैं गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार पोखरामा ४७ जना, र बागलुङ जैमनीमा दुई जना गरि गण्डकी प्रदेशमा थप ४९ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.ली. मा गरिएको परिक्षणमा वडा न. १२, १०, ८ का तीन जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा न. ४, ५, ७, १५, १६, १७, २०, ३१ का ४४ जना र बागलुङ जैमनी का दुई जना गरी जम्मा ४९ जनामा कोरोना भाइरसको संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवकता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनसार कोरोना  भाइरस संक्रमण  पुष्टि हुनेहरुमा ४२ जना पुरुष र सात जना महिला रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ३१० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close