चलचित्र क्षेत्र अब चलायमान बनाउनुपर्छ : अध्यक्ष दाहाल

पोखरा। नेपाली चलचित्र क्षेत्रलाई अब चलायमान बनाउनुपर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । नेपाल चलचित्र उपकरण संघको तेर्हौं साधारणसभामा बोल्दै दाहालले अहिलेको चलचित्र क्षेत्रको समस्या पेशागत संघसंस्थाहरु मिलेर मात्र सम्भव हुने धारणा राखेका थिए । उनले थपे ‘चलचित्र निर्माण भएन भने उपकरणको के काम र ?

धिकाशं बक्ताले चलचित्र क्षेत्र चलायमान गर्नुपर्ने धारणा राखेका थिए ।

सभाले संघमा विश्व प्रकाश गौचनको अध्यक्षमा नयाँ नेतृत्व समेत चयन गरेको छ । निर्विरोध चयन भएको नवगठित समितिमा उपाध्यक्ष रमेश बुढाथोकी, महासचिव केशव घिमिरे, कोषाध्यक्ष जीवन थापा, सदस्यहरुमा माधव थापा, बिष्णु कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा, चेतनाथ तिमल्सिना रहेका छन् ।

चलचित्र विकास बोर्ड, चाबहिलमा सम्पन्न साधारण नव निर्वाचित पधादिकारीहरुलाई सपथ ग्रहण समेत गराइएको कार्यक्रममा बोर्डका अध्यक्ष दाहालले ‘संघ संस्थाको आपसी संयोजन हुन अनिवार्य रहेको बताए’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close