मुलुकले फेरि कांग्रेसको नेतृत्व खोज्यो : प्रकाशमान सिंह

पोखरा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

चाक्सीबारीस्थित निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  जनताले दिएको मत अनुसार सरकार चलाउन नसकेकाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने नेता सिंहले बताए ।

‘सिंहल भने’ ‘प्रधानमन्त्रीका हरेक कदमले संविधान र लोकतान्त्रिक प्रक्रियामा बाधा पुगेको भन्दै प्रधानमन्त्रीले राजीनामा नदिए दलहरुले विकल्प सोच्नुपर्ने बेला आएको छ। त्यसका लागि कांग्रेसले अग्रसरता देखाउनुपर्छ ।’

‘प्रधानमन्त्रीले राजीनामा नदिने हो भने एमाले बाहेकका दलहरूले मुलुकलाई निकास दिनुपर्छ । उनले संसदमा सरकारको बहुमत प्राविधिक विषय मात्रै भएको बताए ।

‘सिंहले भने’ ‘अविश्वास प्रस्ताव नआएपनि, समर्थन फिर्ता नभएपनि राजनीतिक रुपमा यो सरकार असफल भइसकेको छ । यसको विकल्प प्रधानमन्त्रीले नदिए कांग्रेस, माओवादी र जसपाले खोज्नुपर्छ।’

उनले मुलुकले फेरि एकपटक कांग्रेसको नेतृत्व खोजेको समेत बताए । जनताले ५ वर्षको लागि म्याण्डेट दिएको भएपनि कम्युनिष्टहरूले जनमतको रक्षा गर्न नसकेको सिंहको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close