कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जाने

पोखरा। कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको जहाज चीनको राजधानी बेइजिङ जाने भएको छ ।

निगमको वाइड बडी ए ३३० जहाज चैत १५ गते पठाउन लागिएको हो । बेइजिङबाट स्वास्थ्य सामग्री लिएर जहाज भोलिपल्ट राति ९सोमबार० काठमाडौं अवतरण गर्ने निगम प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड-१९ विरुद्धको खोप (भेरोसेल) लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णयअनुरूप ८ लाख कोभिडविरुद्धको खोपलगायत सहायता सामाग्री लिन जहाज पठाउन लागिएको हो ।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला बेइजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामाग्री ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close