कांग्रेस सरकारमा जाँदैन,सभापति शेरबहादुर देउवा

पोखरा। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् ।

आज विराटनगर पुगेका उनले कांग्रेस प्रतिपक्षमै रहने बताए । उनले अहिलेको सरकारलाई स्वीकार गरेरै कांग्रेस अघि बढ्ने बताए ।

‘सञ्चारकर्मीसँग कुराकानी देउवाले भने, ‘कांग्रेसले सरकार बनाउँदैन । विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

‘उनले कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने बताए । देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close