आज पनि पहाडी भेगमा हल्का वर्षाको सम्भावना

पोखरा। स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने अन्य भू-भागमा सामान्य बदली भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि गण्डकी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार र शुक्रबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ११ गते (बुधबार)

दिउँसो स् सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा पनि आंशिक बदली रहने छ । गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति स् देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू(भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १२ गते (बिहीबार)

दिउँसो स् देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागहरुका थोरै स्थानहरु मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति स् देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १३ गते (शुक्रबार)

दिउँसो स् प्रदेश न.१ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।

राति स् गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close