पोखरामा थप नौ जना कोरोना संक्रमित भेटिए

पोखरा । पोखरामा थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार नौ जना नया संक्रमित भेटिएका हुन् ।
लाइफ केयर डायग्नोस्टिक प्रा.ली. पोखरामा गरिएको परिक्षणमा उक्त्त संक्रमित भेटिएका हुन् । संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा न. २५, ४, ५, ६ मा एक एक जना, ८ मा दुई जना र २७ मा तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवकता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
यो सगैँ गण्डकी प्रदेशमा कोरोना संक्रमितकोे कुल संख्या १६ हजार ४१६ जना पुगेको छ ।