७ थान रेड पाण्डाको छाला बरामद, ३ जना पक्राउ

पोखरा। प्रहरीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट अवैध तरिकाले रेडपाण्डाको शिकार गरेर छाला संकलन गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका-२ घर भएका जगतबहादुर राई, सो गाउँपालिकाको वडा नम्बर–३ घर भएका मितुरधन राई र कविरशेखर राई छन् ।

इन्स्पेक्टर मन्दिप चौहान नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको घरबाट ७ थान रेड पाण्डाको छाला बरामद गरेको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जमा शिकार गरेर सो समूहले रेड पाण्डाको छाला संकलन गरेको थियो ।

रेड पाण्डा मार्न प्रयोग गरिने ५ थान पासो पनि प्रहरीले बरामद गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ अनुसार पाण्डा मार्नेलाई ५ देखी १० लाख सम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close