७७ वटै जिप्रकालाई (क्वारेन्टाइन र आइसोलेसन) तयारी राख्न गृहको निर्देशन

पोखरा। कोभिड-१९ को संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई दिनअघि नै परिपत्र गरिसकिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले यस्तो परिपत्र गरेको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताए । नाकाबाट प्रवेश गर्नेको विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन भनिएको उनको भनाइ रहेको छ ।

‘उनले भने’ ‘क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्नसँगै जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि भनेका छौ । धेरै भीडभाड हुने ठाउँमा पनि भीडभाड कम गर्न र नागरिकलाई सचेत गराउन निर्देशन दिइएको हो ।’

साथै, विद्यालयको विषयमा भने शिक्षा मन्त्रालयसँग समन्वय गरेपछिमात्र निर्णय गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close