गण्डकी प्रदेशमा थप पाचँ जना कोरोना संक्रमित भेटिए

पोखरा। कास्कीका पाचँ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार गण्डकी प्रदेशमा थप पाचँ जना नया संक्रमित भेटिएका हुन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा न. ५, १५, १६, ३१, एक एक जना र बागलुङमा एक जना गरी थप पाचँ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम कार्यक्रका प्रवकत्ता तथा डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सगैँ गण्डकी प्रदेशमा कोरोना संक्रमितकोे कुल संख्या १६ हजार ४२१ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close