सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा आउने

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा आउने भएका छन् । यहि चैत १७ गते उनीहरु पोखरा आउने भएका हुन् ।
प्रथम प्रदेशस्तरीय आदिवासी जनजाति भेला एवं प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्ने सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउने भएका हुन् ।
कार्यक्रममा उनीहरुको साथमा पार्टीका पदाधिकारी र जनजाति संघका नेताहरु पनि सहभागी हुने बताइएको छ ।

भेला एवं प्रशिक्षण नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाति संघ र कांग्रेसको आदिवासी जनजाति विभागले संयुक्त रुपमा आयोजना गर्न गर्न लागेका हुन् ।

कार्यक्रम अन्तर्गत चैत्र १७ गते भेला र १८ गते प्रशिक्षण हुनेछ । प्रशिक्षणमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसको आदिवासी जनजाति विभाग प्रमुख सीता गुरुङले जानकारी दिइन् ।

उनका अनुसार प्रदेशका प्रत्येक जिल्लाबाट सात जनाका दरले प्रतिनिधि प्रतिक्षणमा सहभागी गराइने छ । साथै गण्डकीमा रहेका १४ वटै जातिका एक एक जना प्रतिनिधि प्रशिक्षणमा सहभागी गराइने प्रमुख गुरुङले जानकारी दिइन् ।

सबै क्षेत्रको प्रतिनिधित्व गराउँदा प्रशिक्षणमा करिब १५० जना सहभागी हुने अनुमान गरिएको छ । प्राध्यापक बालकृष्ण मखुहाङ, लालबहादुर पुन, आनन्द सन्तोषी राई र बालकृष्ण खाँडले विभिन्न शीर्षकमा प्रशिक्षण दिने बताइएको छ ।
यो भेला क्रमैसंग सात वटै प्रदेशमा आयोजना हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close