अत्यावश्यकबाहेक नयाँ राहदानी नबनाउन विभागको अनुरोध

पोखरा। राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन अनुरोध गरेको छ ।

विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो ।

विभागले सूचना जारी गर्दै तत्काल विदेश जान आवश्यक नभएका व्यक्तिहरुले पनि बहाल अवधि सकिन लागेका राहदानीको नविकरण गर्ने गरेको पाइएकाले सो कार्य नगर्न अनुरोध गरेको छ ।

राहदानी बहाल अवधि नसकिँदै नविकरण गर्नु पर्ने अवस्था नरहेको विभागले जानकारी गराएको छ ।

यस्तै, विभागले नविकरण नभए नयाँ बनाउनुपर्ने, म्याद सकिएपछि नयाँ बनाउँदा थप दस्तुर नलाग्ने र आवश्यक परेका जुनसुकै समयमा बनाउन सकिने समेत जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close