तत्काल विद्यालय बन्द नहुने, शैक्षिक, भीडभाड हुने कार्यक्रम नगर्न सरकारको निर्देशन

पोखरा। कोरोना भाइरस संक्रमण बढेको भन्दै शिक्षा मन्त्रालयले शिक्षण संस्थामा भीडभाड हुने कार्यक्रम, सभा, समारोह, वार्षिक उत्सव नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले सूचना जारी गरी शिक्षण संस्थामा मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने, संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

विद्यालयमा कोभिड-१९ संक्रमणको जोखिम बढेको समीक्षा गर्दै बैठकले शिक्षक एवं विद्यार्थी सजग एवं सचेत हुनुपर्ने आवश्यकता औंल्याइएको छ । शिक्षण संस्थामा मास्क एवं सेनिटाइजर, साबुनपानी, ज्वरो मापन तथा लक्षण देखिएकालाई उपचार गर्ने व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको वेबसाइटमा राखिएको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ को कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ । सूचनामा सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण अनुशरण गर्न पनि आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close