घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

पोखरा। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज छापावाला सुन बिहीबारको तुलनामा प्रतितोला ६०० रूपैयाँले घटेर रु. ८६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन आज रु. ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला रु.१ हजार २३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।