अमेरिकामा २ करोड ३१ लाखभन्दा धेरैले जिते कोरोना

पोखरा। अमेरिकामा २ करोड ३१ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा ६९ हजार ९९९ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ३१ लाख ९६ हजार २०९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १६५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५९ हजार ७४४ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ६७ हजार ४४ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ७ लाख ७४ हजार ३३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close