गण्डकीमा थप २९ जना कोरोना संक्रमित भेटिए

पोखरा। पछिल्लो समय कास्की भित्र कोरोना संक्रमित बढेका छन ।

आज पोखरामा २६ सगैं गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार २९ जना नया संक्रमित भेटिएका हुन् ।

(दिउँसो १ः३० बजेको) जानकारी अनुसार कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा ‘क्षयरोग उपचार केन्द्र’ पोखरामा गरिएको परिक्षणमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जहा पोखरा महानगरपालिका वडा न. ३०, १७ १६, १०, ११, १३, ७, ५ का रहेका छन् ।

त्यस्तै ‘लाइफ केयर एण्ड डायगनोस्टिक प्रा.ली.’ पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा न. १७, १२, १०, ७, ६, ५, ३, १ मा नौँ जना, तनहुँमा दुई जना र म्याग्दीमा एक जना गरि कुल २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम कार्यक्रका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

जहाँ आठ जना महिला रहेका छन भने २१ जना पुरुष रहेका छन् ।

यो सगैँ गण्डकी प्रदेशमा कोरोना संक्रमितकोे कुल संख्या १६ हजार ४८० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close