सदस्यता विवाद ,नेपाल पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी

 पोखरा। शाखाले सिफारिस गरेर पठाएका नयाँ सदस्यको नामावली केन्द्रीय समितिले हटाएको भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी गरिएको छ ।

जिल्ला कार्यसमितिले ६३ जना नयाँ सदस्य सर्वसम्मत सिफारिस गरी प्रदेशमा पठाएको र प्रदेश सोही सिफारिस अनुसारका सदस्यहरूलाई नयाँ सदस्यका लागि अनुमोदन गर्दै केन्द्रमा पठाए पनि केन्द्रीय समितिले राजनीतिक आस्थाका आधारमा आफूखुशी हटाएर पठाएको भन्दै प्रेस चौतारीसम्वद्ध पत्रकारहरूले तालाबन्दी गरेका छन् ।

‘अध्यक्ष ठाकुरसिंह थारुले भने’ ‘जिल्ला समितिले सिफारिस गरे अनुसारका नामावली परिवर्तन भएर आएकाले साथीहरूले विरोधस्वरुप तालाबन्दी गरेका छन् । केन्द्रीय समितिलाई जानकारी गराइसकिएको छ ।’

निर्णय गरी पठाइएका नामावली हटाएर कांग्रेससमुह प्रेस युनियनको अगुवाइमा कार्यदल बनाइ आफ्ना पक्षका सदस्य थपेकामा विरोध भएको  लुमिबनी प्रदेश महासंघका महासचिव भेषराज बस्नेतको भनाई रहेको छ ।

‘उनले भने’ ‘जिल्ला समितिको सिफारिस गर्ने निर्णय तथा प्रदेश समितिको अनुमोदन गर्ने निर्णयलाई केन्द्रीय समितिले आफू अनुकलका सदस्य बढाउन कानून मिचिएको छ ।’

साथै, केन्द्रीय समितिको यो कदमविरुद्ध कठोर कदम चाल्न बाध्य बनाएको बताउँदै बहुमतको दम्भका आधारमा निर्वाचन हुन नसक्ने  प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका संयोजक शोभाखर पन्थीको भनाई रहेको छछ ।

तर, तालाबन्दीमा माधव नेपाल पक्षधर चौतारीका पत्रकार भने सहभागी जनाएका छैनन् । -रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close