घटना क्रुर र अमानवीय रहेको भन्दै कांग्रेसद्धारा एक विज्ञप्ति जारी,

पोखरा। बागलुङको बल्देधुरीमा मृत भेटिएका दुईजना आफ्ना कार्यकर्ता रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्ने नेपाली कांग्रेसको माग रहेको छ ।
आज कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बागलुङमा भएको घटना क्रुर र अमानवीय रहेको भन्दै एक विज्ञप्ति जारी गरेका हुन् ।
‘उक्त्त विज्ञप्तिमा भनिएको छ ।’ ‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ रु यसको गहिरो अनुसन्धान गर्न दोषीहरूलाई अविलम्व पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।
घटनामा प्रकाश कुँवर र दीपक नेपालीको मृत्यु भएको छ । कुँवर कांग्रेसको जिल्ला समिति सदस्य हुन् । ‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भीरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ । प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
साथै, घटनाबारे थप छानबिनका लागि बागलुङ कांग्रेसका सभापति थापा नेतृत्वको टोली घटनास्थल पुगेको कांग्रेसले जनाएको छ ।