होली खेल्दा झुक्किएर एसिड छ्यापिदा, तीन बालबालिका घाइते

पोखरा। काठमाडौंको साँखु नगरपालिकामा होली खेल्ने क्रममा एसिड प्रहार हुँदा ३ जना घाइते भएका छन् ।

साँखुको नविन ग्राम विद्यालयको कम्पाउण्डमा होली खेलिरहेका ३ जनामाथि एसिड प्रहार भएको हो ।

घटनामा १६ वर्षीया अस्मिता तामाङ, ११ वर्षका सविन तामाङ र ९ वर्षीय विशाल तामाङ घाइते भएका छन् । एसिड छ्याप्ने १७ वर्षीय पवन पहारी र आकाश तामाङ रहेको प्रहरीले जनाएको छ ।

स्कुल कम्पाउण्डभित्र केशव नेपालले सञ्चालन गरेको क्यान्टिनको दूध डेरीमा राखिएको एसिड प्रहार भएको प्रभाग साँखुकी प्रहरी निरीक्षक जानुकादेवीको भनाई रहेको छ । ‘उनले भनिन्, ‘हिजो दिउँसो उनीहरु होली खेलिरडा डेरीमा राखेको बोतलको एसिडलाई पानी सम्झेर छयापेको पाएको बताइन् ।’

प्रहरीका अनुसार घाइतेहरुलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल शंखरापुरमा उपचार भइरहेको छ । घाइते एकजना भने घर फर्किसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close