भोलिदेखि देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

पोखरा। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।

जल तथा मौसमविद्‍का अनुसार लामो समय खडेरीले हावा सुख्खा भएको र, हावाले पानी पार्ने, बादलको साटो धुलो र धुँवा लिएर आएको, साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको जनाएको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close