सर्वोच्च अदालत परिसरभित्रै दुई अधिवक्ताबीच कुटाकुट

पोखरा। सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट भएको छ ।

सोमबार दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जनाबीच भिडन्त भएको हो।

गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कुटाकुट भएको खुलेको छ । अधिवक्ता जोशीले पैसा मागेपछि दुईबीच हात हालाहाल भएको हो ।

घटनापछि अधिवक्ता जोशी प्रहरी कहाँ पुगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close