नेप्से परिसूचक सोमबार ५.४५ अंकले घटेको गिरावट

पोखरा। नेप्से परिसूचक सोमबार ५.४५ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से २५४३.५२ विन्दुमा रोकिएको छ ।

आज  ९१ लाख ३८ हजार ९३५ कित्ताको किनबेचमा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ बराबरको कारोबार भएको छ । आज चन्द्रागिरिको शेयर मूल्य ३४ दिन पछाडि पहिलो पटक ७.१६ प्रतिशतले घटेको छ ।

आज २०९ ओटा कम्पनीको शेयर कारोबारमा सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रकचर बैंक रहेको छ । इन्फ्रास्ट्रकचरको शेयर कारोबार ४४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, अपर तामाकोशीको शेयर कारोबार ३८ करोड रुपैयाँ बराबरको भएको छ ।

चन्द्रागिरिको कारोबार रकम ३७ करोड रुपैयाँ बराबरको भएको छ । आज जलबिद्युत, लघुवित्त, फाइनान्स बाहेक सबै समूहको शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close