गण्डकी प्रदेशमा थप ४५ जना कोरोना संक्रमित भेटिए

पोखरा। पछिल्लो २४ घण्टा कास्कीमा ३४ जना सगैं गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार पोखरा महानगरपालिकामा ३१ जना, माछापुच्छे« गाउपालिकामा एक जना, पर्वत कुस्मामा पाचँ जना, म्याग्दीमा दुई जना, र बागलुङमा छ जना गरि गण्डकी प्रदेशमा थप ४५ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा ‘क्षयरोग उपचार केन्द्र पोखरामा’ गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा न. ३०, १९, १ मा ११ जना, र बागलुङमा छ जना, म्याग्दीका दुई जना गरि जम्मा १९ जना रहेका छन् ।

त्यस्तै, लाईफ केयर एण्ड डायग्नोष्टिक प्रा.ली.मा पोखरा महानगरपालिका वडा न. ३०, २९, २७, १९, १७, १६, १५, १४, १०, ९, ६, १ मा २१ जना, माछापुच्छे« गाउपालिका वडा न.४ का एक जना, पर्वत जिल्लाका पाचँ जना सगैं कुल ४५ जनामा काुरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवकता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनसार कोरोना  भाइरस संक्रमण  पुष्टि हुनेहरुमा २५ जना पुरुष र २० जना महिला रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५२५ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close