विश्वभर १२ करोड ८२ लाख बढी संक्रमित थपिए

पोखरा। विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ८२ लाख ३० हजार ६२३ पुगेको छ । वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ४ लाख ४३ हजार ५९८ संक्रमित थपिएका छन् ।

तीमध्ये १० करोड ३४ लाख ३८ हजार ७९८ संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या २८ लाख ३ हजार ९८८ पुगेको छ ।

विश्वभर २ करोड १९ लाख ८७ हजार ८३७ सक्रिय संक्रमित छन् । ती मध्ये ९४ हजार ६६६ गम्भिर बिरामी छन् । यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १० लाख ३३ हजार ८०१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३५ लाख ९ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ६३ हजार २०६ पुगेको छ ।

दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २५ लाख ७७ हजार ३५४ पुगेको छ ।  संक्रमितमध्ये भारतमा १ करोड १३ लाख ९० हजार ८२९ जना निको भएका छन् भने १ लाख ६२ हजार १४७ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ५ लाख ४२ हजार ३५३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close