सुन मुल्य पाँच सयले घट्यो, चाँदीमा पनि गिरावट

पोखरा। मंगलबार सुन  तोलामा  पाँच सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. ८६ हजार रुपैयाँमा कारोबार भइरहको छ ।

हिजो छापावाल सुन प्रतितोला रु. ८६ हजार ५०० रुपैयाँ थियो । यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला रु. ८५ हजार ५५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले घट्दै रु. १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close