सुनको मूल्य आज पनि घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं। बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला रु. ८५ हजार १५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावल सुन प्रतितोला रु. ८६ हजार रहेको थियो । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

चाँदी तोलामा २० रुपैयाँ घट्दै आज तोलाको रु. १ हजार १९५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close