आज सुनको मूल्य ९ सयले वृद्धि, कति पुग्यो ?

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा रु. ९ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला रु. ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
विहीबार सुन तोलाको रु. ८६ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७३० ५९ डलर भएको छ । चाँदी प्रतिऔंस २४ ९७ डलरमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतिऔंस १७११.९४ डलर र चाँदी २४.२८ डलरमा कारोबार भएको थियो ।