गण्डकी प्रदेशमा थप २७ जना संक्रमित भेटिए

पोखरा। पछिल्लो गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।  प्रदेशमा आज दिउसो २ः५० बजेसम्म २७ जना संक्रमित भटिएका हुन् ।

जसमा कास्की पोखराका २५ जना, तनहुँका दुई जना रहेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये २० जनाको क्षयरोग उपचार केन्द्र पोखरा र सात जनाको लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.ली.मा परीक्षण गरिएको हो ।

जस्मा संक्रमितमध्ये चार जना महिला र अन्य पुरुष छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा हालसम्म १६ हजार ६५३ कोरोना संक्रमित पुगेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०५ जना पुगको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close