आफ्नै बच्चा मारेको अभियोगमा महिला पक्राउ

बागलुङ। जील्ला प्रहरी कार्यालय कास्कीले आफ्नै बच्चा मारेको अभियोगमा बागलुङ ढोरपाटन नगरपालिका वडा न.३ घोसाखानीकी गीता कुँवरलाई पक्राउ गरेको छ ।
हाल कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न.२ नौडाँडा बस्ने २२ वर्षीया कुँवरलाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याथ थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
कुँवरले बिहे गरेको ६ महिनामा बच्चा जन्माएको पाइएको डिएसपी हमालको भनाई रहेको छ । कर्तव्य गरी बच्चालाई मारेको सूचना पाएपछि महिलालाई नियन्त्रणमा लिएको थियो । थप जानकारीका लागि अनुसन्धान भइरहेको डिएसपी हमालले बताए।