स्रोत नखुलेको ४३ लाखसहित नागढुङगाबाट १ जना पक्राउ

काठमाडौँ। काठमाडौँ प्रहरीले शनिबार साँझ ८ बजे दाङबाट आएको यात्रुबाहक बसबाट ४३ लाख रुपैयाँ नगद र नौथान तिलहरी बरामद गरेको छ ।

नागढुंगा चेकप्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाडौँ तर्फ आउदै गरेको प्रदेश नम्बर ३-०१-००-६ ख ०९१२ नम्बरको यात्रु बाहक बसको प्यासेजमा कार्टुनमा कार्टुन टेपले पुरै बेरिएको अवस्थामा रकम बरामद भएको हो ।

कार्टुन भित्र हरियो रङको छड्के तिलहरिको पोते ९ थान र नेपाली बिनिमय हजार दरको १००० ९हजार दर० को ३९०० (उन्नाचालीस) थान र नेपाली ५०० ९पाँच सयदरको० ८०० ९आठ सय० थान गरी त्रिचालिस लाख रूपैयाँ फेला परेको हो ।

प्रहरीले सोधपुछ गर्दा उक्त रकम तथा सामान जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका-५ सन्दिप कौशलको रहेको खुलेको थियो ।

प्रहरीले बरामद रकम र पक्राउ परेका कौशलका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close